प्रधानमन्त्री ओलीले मनाए सडकमै योग दिवस

निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अन्तर्राष्ट्रिय दिवस सडकमै मनाएका छन् ।नारायणहिटी राजदरवारको गेटअगाडि मञ्च खडा गरेर मंगलबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सपरिवार सहभागी थिए । वर्षाको कारण टुँडिखेल हिलाम्य भएकाले सडकमै योग दिवस मनाइएको हो ।

योग दिवसका उपप्रधानमन्त्री कमल थापा र भारतीय राजदूत रणजित रे सहभागि भएका थिए ।

सूर्य नमस्कार लगायतका सामान्य योगासनहरु भने उनले अरुसँगै गरेका थिए । योग दिवस कार्यक्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघले समेत मान्यता दिएको योग दिवसको ठूलो अर्थ र महत्व रहेको बताए ।

प्रतिक्रिया

Related