अनुशासन उल्लंघन गर्ने स्वास्थ्य मन्त्रालयका ५२ कर्मचारी बर्खास्त

निर्माण सञ्चार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ मा ५२ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ । मन्त्रालयले अनुशासन उल्लंघन गरेको अभियोगमा वर्खास्त गरेको मन्त्रालयले निर्माण सञ्चारलाई जनाएको छ ।

मन्त्रालयको अनुसार उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी सेवाबाट बर्खास्त गरिएको छ । बर्खास्तमा परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स पेशामा आवद्ध छन् ।

विना जानकारी ६० दिनभन्दा लामो समय विदामा बसेपछि उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी कारबाही गरेको हो ।मन्त्रालयले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७२ (ख) को उपदफा १ अनुसार कारबाही गरेको हो ।

उक्त व्यवस्थाअनुसार विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ ।देशका ग्रामिण जिल्लाका सरकारी कर्मचारीहरु लामो समय विदा लिएर आफ्नो काम गर्दै आइरहेको पाइन्छ ।

२३ असार, ०७३

प्रतिक्रिया

Related