अनसन प्रेमी डा. केसीको समर्थनमा प्रदर्शन, प्रदर्शनकारीले गरे आफूलाई ‘पागल’ घोषणा ! [हेर्नाेस तस्वीरहरु]

निर्माण सञ्चार, काठमाडौं । नेपालका लागि आमरण अनसनको अर्काे नामै बनिसकेको छ डा. गोविन्द केसीको यो अभियान ।

चिकित्सा क्षेत्रमा भएका र हुने गरेका माफियाखोर प्रवृत्तिको अन्त्यका लागि भनी यस अघि पनि पटक पटक आमरण अनसन बस्दै आएका डा. केसीको यस पटकको अनसनमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई संसदबाट महाभियोग लगाइनु पर्छ भन्ने माग समेत थपिएको छ ।

प्रदर्शनकारीहरुले प्रतीकात्मक रुपमा सडकमै सुतेका ‘विरामी’को उपचार गरेको समेत सो गरेका थिए । प्रदर्शनकारीले जुलुसमा ‘भ्रष्टाचार बिरोधी ड. केसी पागल भए ‘हामी सबै पागल’ भन्दै नाराबाजी गरेका थिए ।

अख्तियार प्रमुखलाई महाभियोगको माग समेत थपिएपछि मेडिकल क्षेत्रका डा. केसी किन एकाएक अख्तियारको छानविनको विरोधमा अनसन बस्न पुगे ? धेरैले रहस्यमय तरिकाले समेत हेरेपछि यसपटकको उनको अनसन भने विवादित बन्न पुगेको पनि थियो ।

उनको अनसन र मागहरुलाई समर्थन गर्दै शनिबार राजधानीमा भएको प्रदर्शनमा हातमा विभिन्न प्ले कार्ड, ब्यानर तथा इमर्जेन्सी उपचार समेतको प्रदर्शनी भएको हो ।

माइतीघरबाट सुरु भएको जुलुसमा चिकित्सा शिक्षाका विद्यार्थीहरुको जुलस बानेश्वरमा पुगेर सकिएको थियो । जुलुसमा सहभागीले डा. केसीको मास्क लगाएका थिए भने हातमा विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरुले प्रतीकात्मक रुपमा सडकमै सुतेका ‘विरामी’को उपचार गरेको समेत सो गरेका थिए । प्रदर्शनकारीले जुलुसमा ‘भ्रष्टाचार बिरोधी ड. केसी पागल भए ‘हामी सबै पागल’ भन्दै नाराबाजी गरेका थिए ।

मेडिकल विद्यार्थीहरु डा. केसीले गरेको आन्दोलनका कारण आफूहरुले चिकित्सा शिक्षा भित्र कति धेरै विकृति रहेछ भन्ने थाह पाएको र सो अनुसार गरिब र जेहेन्दार विद्यार्थीले पनि मेडिकल शिक्षा पढ्न सक्ने पहुँचमा पुग्नु पर्ने कुरामा उनको पक्षमा लागेको पदर्शनमा सहभागी एक विद्यार्थीले बताए ।

उनीहरुले केसीको जीवन रक्षा र मागको सम्बोधनका लागि सरकारसँग अपिल समेत गरेका छन् । डा. केसीका माग उपर सरकारले उचित सम्बोधन गर्ने प्रयत्न गर्दा पनि देशमा खोलिने नयाँ चिकित्सा क्षेत्र खोल्न रोक लगाइने उनको घुमाउरो मागले निजी क्षेत्रका चिकित्सा व्यवासायी भने उनको विरोधमा देखिदै आएका छन् ।

 

१ साउन, ०७३

प्रतिक्रिया

Related