डा. केसीसँगको सम्झौता धरापमा ! किन भयो उनको विरोधमा प्रदर्शन ?

न्याम्स अन्तरगत मनमोहन नचलाउने, निजी क्षेत्र धराशायी बनाउने षडयन्त्र— निजी क्षेत्र
निर्माण सञ्चार, काठमाडौं । शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीसँग सरकारले सम्झौता गरेको दुई दिन बित्न नपाउँदै निजी क्षेत्रले त्यसको विरोधमा जुलुस निकालेको छ ।

सोमबार मात्रै ४ बुँदे सहमति भएसँगै १६ दिनदेखिको आमरण अनशन तोडेका डा. केसीको सम्झौताको विरोध बढेपछि उक्त सहमति धरापमा परेको हो । बुधबार दिउसो वानेश्वरमा जुलुस प्रदर्शन गर्दै निजी क्षेत्रका स्वास्थ्यकर्मीले डा. केसी र सरकार बिच भएको सहमतिको विरोध गरेका हुन् ।

निजी मेडिकल सञ्चालकहरुले निकालेको र्‍यालीमा डा. केसीसँगको सम्झौताको खारेजीको माग गरेका छन् । उनीहरुले निजी स्वास्थ्य क्षेत्रलाई षडयन्त्रपूर्वक ढंगले धराशायी बनाउने गरी योजना बनाइएको भन्दै सोको विरोध गरेका छन् ।

उनीहरुले आफूहरुको सहमतिविना गोविन्द केसीसँग सरकारले सम्झौता गरेकोमा गम्भीर आपत्ती जनाएका छन् । निजी मेडिकल कलेजको साझा संस्था एसोसियसन अफ प्राइभेट मेडिकल कलेजको अयोजनामा बुधबार निकालिएको विरोध र्‍याली माइतीघर मण्डलाबाट सुरु भएर वानेश्वरमा सकिएको थियो ।

हातमा विभिन्न प्लेकार्ड तथा ब्यानर समेत लिएर हजारौँ सहभागी जुलुसले सहकारी भावनाबाट प्रेरित मनमोहन अस्पताल सहकारी अन्तरगत नै चल्न पाउनु पर्ने बताएका छन् भने डा.केसीसँग भएका सम्झौतामा निजी क्षेत्रलाई असर पार्ने खालको सम्झौता खारेजी गर्न उनीहरुले माग गरेका छन् ।

मनमोहन विधेयक अगाडि बढाउन आन्तरिक सहमति पहिलै भएको

यसै बिच मनमोहन मेमोरियल सहकारी अस्पताल सम्बद्ध स्रोतका अनसार केही समय अगाडि नै प्रमुख राजनीतिक दलहरु बिच मनमोहन अस्पतालबारे सम्बन्धित विधेयक अगाडि बढाउन सहमति भैसकेको भन्दै डा. केसीसँग सरकारले गरेको सम्झौता दोहोर चरित्रको रहेकोमा आपत्ति प्रकट गरेका छन् ।

स्रोत अनुसार न्याम्स अन्तरग मनमोहन अस्पताल संचालन नगरिने उनीहरुको भनाइ छ ।

किन कि विश्वमै सहकारी मोडेलमा अस्पताल सञ्चालन हुनु राम्रो कुरा हो भन्दै निजी क्षेत्रको जस्तो नियन्त्र बाहिर नरहने हुँदा मनोमहन अस्पताल सहकारी मोडलमै सञ्चालन गरिनु पर्ने उनीहरुको माग छ ।

पढ्नै पर्ने–

१६ दिनसम्म अनशन बसेका गोविन्द केसीको नियत छरपस्ट भो ! लोकमानलाई महाभियोगको माग, आखिर छाडियो किन ?

१२ साउन, ०७३

प्रतिक्रिया

Related