नेपाल चाइना पिपुल्स फोरमको आयोजनामा एकल चित्रकला प्रदर्शनी सम्पन्न

मित्रराष्ट्रसँगको सम्बन्ध प्रगाढ बनाउन यस्ता प्रदर्शनी सहयोगी बन्ने
निर्माण सञ्चार, काठमाडौं | नेपाल चाइना पिपुल्स फोरमको आयोजनामा काठमाडौंमा एकल चित्रकला प्रदर्शनी गत शुक्रबार (२१ वैशाख) सम्पन्न भएको छ ।

२५६२ औं बुद्ध जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल प्रमुख अतिथि रहेका थिए ।

शान्तिका दूत गौतम बुद्धको जन्मथलो नेपालमा रहेको धार्मिक सहिष्णुताप्रति कार्यक्रममा उल्लेख्य चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडालले नेपाल र चीनसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन र कला संस्कृतिको आदानप्रदानका लागि पनि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘नेपालका मित्रराष्ट्रसँगको सम्बन्धलाई प्रगाढ बनाउन हरेक साहित्यिक विधाले सहयोग पुर्याएको हुन्छ’, उनले भने ‘त्यसैले कलाकारहरुले यस्ता कुरालाई गम्भीरताका साथ लिएर अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति राघिनी उपाध्याय तथा चीन बुद्धिष्ट एसोसिएसनका कार्य समिति सदस्य मास्टर शी नेङ डाओ रहेका थिए ।

त्यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध,नेपालका तर्फबाट पूर्व राजदूत टंक कार्की तथा मधुवन पौडेल लगायत विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

मास्टर शी नेङ डाओकोे एकल चित्रकला प्रदर्शनीमा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न चित्र तथा पेन्टिङ राखिएका थिए ।

त्यसैगरी, प्रदर्शनीमा नेपाल र चीनसँगको धार्मिक तथा साँस्कृतिक समानताका विषयवस्तुलाई समेत चित्रको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

...

सोमबार, २४ वैशाख २०७५ 

प्रतिक्रिया

Related