नौबिसे–नागढुङ्गा सुरुङमार्गः भदौ पहिलो हप्ताभित्रै ग्लोबल टेन्डर !

२ महिनापछि काम सुरु गर्ने, २०२२ मा सक्ने
निर्माण सञ्चार, काठमाडौं । जापान सरकारको सहयोगमा बन्ने भनिएको नौबिसे–नागढुङ्गा सुरुङमार्गको २ हप्ताभित्रमा ग्लोबल टेन्डर आह्वान गरिने भएको छ ।

सन् २०२२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सडक विभागले उक्त सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

राजधानी जोडिने सम्भवतः सबैभन्दा पहिलो सुरुङ मार्गका रुपमा बन्न लागेको यस परियोजनाका लागि जापानी अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाले ६० दशमलव ६३ बिलियन जापानी ऐन अर्थात् १४ करोड १४ लाख डलर ऋण अनुदान दिने यस अघि नै सम्झौता भइसकेको छ ।

उक्त आयोजना सम्पन्न गर्न भदौको पहिलो हप्ताभित्र ग्लोबल टेन्डर आह्वान गरिने सडक विभागका उपमहानिर्देशक सन्जय कुमार श्रेष्ठको भनाइ छ ।

नेपाललाई जाइकाले शुन्य ०१ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ भने सो ऋण नेपाल सरकारले ४० वर्षभित्र तिरिसक्नु पर्ने सम्झौतापत्रमा उल्लखे छ ।

तीन लेनको बन्ने भनिएको उक्त सुरुङमार्ग जम्मा २ दशमलव ३५ किलोमिटर लामो हुनेछ ।

लगभग १८ करोड ८१ लाख डलर कुल लागतमा बन्ने उक्त आयोजनाको लागि जाइकाले मात्रै १४ करोड डलर अनुदान ऋण उपलब्ध गरेको छ ।

 

पढौं यो पनि 

जापानको सहयोगमा बन्ने भो सीतापाइला-नौबिसे सुरुङमार्ग--नेपाललाई साढे १५ अरब दिन जापान सहमत 

 

...

आइतबार, २० साउन, ०७५

 

प्रतिक्रिया

Related