पर्यटनमन्त्री अधिकारीले उद्घाटन गर्ने टानको हाइकिङ

विश्व पर्यटनदिवसमा हाइकिङः ककनीदेखि शिवपुरी, सूर्यचौरसम्म
निर्माण सञ्चार, काठमाडौं  |Tourism and The Digital Transformation मूल नारा बनाएको ट्रेकिङ एजेन्सिज असोसिएसन अफ नेपाल (टान) ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाइकिङ गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्वारा उद्घाटन गरिने उक्त पहाड गन्तव्य यात्रा ककनी मेमोरियल पार्कदेखि सुरु भई शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै सूर्यचौर सम्मको रहेको टानले बताएको छ ।

टान कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले जानकारी दिए अनुसार उक्त पदयात्रा असोज ९ गते अर्थात् विश्व पर्यटन दिवसलाई लक्षित गरीआयोजना गर्ने निर्णय भएको हो ।

विश्व पर्यटन दिवस यही २७ तारिखमा रहेको छ ।

उक्त साहसिक पदयात्रामा पर्यटन सम्बद्ध सबै संस्थाहरु समेत सहभागी हुने छन् ।

समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल, अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य अवलोकन गर्न सकिन्छ ।

सूर्यचौर हाइकिङ्गको लागि एक उत्तम गन्तव्य स्थल हो । जहाँ प्रकृतिमा डुब्न र सहरी क्षेत्रहरूबाट टाढा जान सकिन्छ। यहाँबाट १७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकण गर्न सकिन्छ ।

सूर्यचौर काठमाडौंबाट नजिक रहेको हाइकिङ्ग गन्तव्य स्थल हो जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्रबिन्दुको रुपमा परिचित रहेको छ ।

यस हाइकिङ्ग कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब कृष्ण प्रसाद देवकोटा, पर्यटन व्यवसायीहरु , डिप्लोम्याट्स , सेलिब्रिटीज र मिडियाहरु सहभागी हुनेछन् ।

गत सेप्टेम्बर १९ मा पदयात्रा मार्ग अनुगमन तथा मर्मत विभागका संयोजक बाबुराम गुरुङको नेतृत्वमा, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, खेलकुद र कार्यक्रम विभागका संयोजक ऋतु ग्याम्दान, मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठ, संस्कृति, कला र भाषा संरक्षण विभागका संयोजक महेश कुमार बुढासहित मिडिया अफिसर सुबिना मानन्धरद्वारा सो हाइकिङ्ग रूटको भ्रमण र निरीक्षण गरिएको थियो ।

...

सोमबार, ८ असोज, ०७५ 

प्रतिक्रिया

Related