महायज्ञ स्थलबाट सोमबार बिहान निकालिएको विशाल कलश यात्रा प्रसौनी बजार क्षेत्रको परिक्रमा गर्दै त्रिवेनी दोभानबाट जल उठाई विधिपुर्वक यज्ञ स्थानमा फर्केका थिए ।
“सिताराम जप महायज्ञ”को कलश यात्रामा प्रसौनी गापाका जनप्रतिनिधि, हजारौको संख्यामा कन्या, महिला, पुरुषहरु हाती, घोडा, बाजागाजा सहित कलश यात्रा गरिएको थियो ।
बाजागाजा, हातीघाडा सहित हजारौको संख्यामा निकालिएको कलश यात्राले प्रसौनी क्षेत्र रौनकमय भएको थियो ।
गएको भदौ ५ गते देखि शुरु भएको “सिताराम जप महायज्ञ” एक सय १७ दिन निरन्तर रहेको महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनिल गुप्ताले जानकारी दिए ।
एक सय १७ दिने महायज्ञको व्यवस्थापन भव्य रुपले भएको छ ।
यज्ञमा निःशुल्क स्वास्थ शिविर, बाहिरबाट आउने भक्तजनका लागि निःशुल्क खाने, बस्ने व्यवस्था गरिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर यज्ञ स्थलमा १८ वटा सिसिटिभी क्यामरा जडान गरिएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जनाएका छन ।
यज्ञ स्थलको शान्ति सुरक्षाको लागि नेपाल प्रहरी, सस्त्र प्रहरी तथा सेनाका प्रमुखहरुसंग छलफल निरन्तर भइरहेको तथा यज्ञ स्थलमा व्यापक शान्ति सुरक्षाकर्मी परिचालन गरिएको गापा अध्यक्ष गुप्ताको भनाई रहेको छ ।
यज्ञमा मनोरन्जनका लागि ७५ वटा विभिन्न भगवानको मुर्ति बनाइएको छ ।
यसको साथै विभिन्न ठाउँबाट खेल, तामासा, मौतका कुवा, झुलुवा समेत रहेको छ ।
सिताराम जप महायज्ञमा हवन गर्नको लागि एक सय एक जना जोडीलाई आह्वान गरिएको यज्ञका संयोजक आत्माराम दास (चटिया बाबा)ले बताए ।
राजु साह,प्रसौनी
...
मंगलबार २७ कार्तिक २०७५
प्रतिक्रिया