कथा कन्सल्टेन्ट कम्पनीकोः ‘द्वन्द्वकालमा आफूलाई हैन मुलुकलाई माया गर्दा यो उचाइ पायौं’

गौरवलाग्दो इआरएमसीः ‘अरुले घाम तापेर बस्दा हामी ज्यानै जोखिममा राखेर गाउँगाउँमा होमियौं’
निर्माण सञ्चार, काठमाडौं भनिन्छ, ‘चम्किनका लागि सुन पनि आगोमै होमिनु पर्छ’ । अर्थात् चम्किएन भने सुनको अर्थ छैन ! तातो र रातो भुँङ्ग्रोमा नहोमिई सुन पनि कसीमा उत्रँदैन !

यसो पनि भन्छन्, ‘बिख नभएको सर्प र इख नभएको मान्छे’को के काम ? इख अर्थात् ‘डे’मा परिणत हुनेवाला ‘ड्रिम’ !

सपना साकार पार्ने थोरै यस्ता व्यक्तिहरु हुन्छन्, जसले हजारौंलाई विपना नै दिन्छन् । हजारौंले जहाँ ‘रोजगारी’ पाइरहेको यदि बताउँछन् भने त्यो विपनाको भित्री कथा कम रोचक र प्रेरक हुँदैन !

यस्ता उखान चरितार्थ गर्ने थोरै व्यक्ति वा संस्था हामी माझ पनि छन् । यस अंकमा इआरएमसीलाई हामीले लिएका छौं, जसका संघर्षका पटकथाहरु कुनै कुशल निर्देशकका लागि फिल्मको पर्दामा उतार्ने कहानी ‘अलिखित’ उपन्यास सरह रहेका छन् ।

०००

इआरएमसी अर्थात् पूर्वाधार निर्माणको क्षेत्रमा नेपालकै एक अग्रणी परामर्शदाता कम्पनी । सन् १९८६ मा स्थापित क्भ्त्ज् ‘सेथ’ सन् २००० देखि ‘Environment Resource Management’ मा परिणत भई अघि बढेको डेढ दशकमै हातमा सर्टिफिकेट लिएर विदेश उड्ने युवाहरुका लागि स्वदेशमै सपनाको केन्द्र बन्न सफल छ ।

निजी क्षेत्रबाट सञ्चालित विकास परामर्शदाता क्षेत्रमा एउटा ‘ब्रान्ड’ ।

युवा पुस्ताले नेपालमा सञ्चालन गरेका केही नमूना ‘बिजनेस’ मध्ये जसरी अस्गर अली र इ–सेवा जो नेपाली बजारमा बिल गेट्सको ‘माइक्रोसफ्ट’ वा जुकर बर्ग’ डेस्टिनेसन’को तहमा विकास हुँदै छ भन्दा नेपालले गर्व गर्ने दिन टाढा नहोला, त्यसरी नै विकास परामर्शदाताहरु मध्ये इआरएमसी ।

रिसोर्सहरु जुटाएर वातावरण बनाउने र सही व्यवस्थापनद्वारा विकास र निर्माण गर्ने ‘सपना’ राखेर आजभन्दा १७ वर्ष अघि यो कम्पनीलाई एक स्वप्नील युवाले ड्राइभ गरे ।

आज गौरवका आयोजनादेखि ग्रामीण भेकका दूरदराजमा अरुले हिम्मत नगरेको काम बोकेर मुलुक समृद्धिमा टेवा दिइरहेको छ, जहाँ हजारौं इन्जिनियरहरु रोजगारीमा छन् ।

देशको पूर्वाधार निर्माण मार्फत् समृद्धिको भर्याङ चढिरहेको छ ।

०००

नेपालमा पूर्वाधार विकासको त्यति लामो इतिहास छैन । यद्यपि नेपाल इन्जिनियर्स असोसिएसन जन्मेको इतिहास हेर्ने हो भने आधा शताब्दी पूरा भइसकेको छ ।

त्यस्तै, परामर्शदाता इन्जिनियर्सहरुको संस्था स्केफ पनि २८औं वसन्तमा प्रवेश गर्दै छ ।

आधुनिक नेपाल निर्माण क्रममा राजधानी बनेको काठमाडौंका सडकहरु कहिले बने होलान् भन्ने जिज्ञासा जोकोहीलाई हुन सक्छ ।

पृथ्वी नारायण शाहको एकीकरण अभियान अर्थात् विसं १८२५ मै कान्तिपुर जिते पनि शाह वंशले काठमाडौंको विकास भने निकै ढिला सुरु गर्यो ।

नेपालमा सडक पूर्वाधार विकासको कथा कस्तो थियो भन्ने कुरा राणाजीहरुले तत्कालीन इस्ट इन्डियन सरकारबाट ल्याएको जिप भरिया लगाएर काठमाडौंमा झिकाएबाट पनि पत्ता चल्छ ।

जिप भित्रिएपछि मात्रै राजधानीमा धुले बाटो सुरु भएको थियो । राजधानी बाहिरको कुरै नगरौं ।

पूर्वाधार विकासको आधुनिक यात्रा हेर्ने हो भने, २००७ सालको परिवर्तन नै कुर्नु पर्ने हुन्छ । राजा त्रिभुवनको समय (२०१२–१३ साल) मा भारतीय सहयोगमा नेपालले राजमार्गको सुरुआत गर्यो ‘बाइ रोड’ (त्रिभुवन राजपथ) खनेर ।

त्यस्तै, राजधानी सहरमा कालोपत्रे सडकको इतिहास भने विसं २०१५ सालको विपी कोइराला सरकारको नीतिसँग जोडिन्छ ।

यद्यपि नारायाणहिटी दरबार र आसपास क्षेत्रको कालोपत्रेको जस भने २०१७ सालपछि सुरु भएको पञ्चायती व्यवस्थासँग जोडिन्छ ।

५० को दशकपछि ब्रिटिस उपनिवेशबाट मुक्त भएको इजरायली जनशक्ति, सीप र टेक्नोलोजी भित्र्याएर राजा महेन्द्रले काठमाडौंको टुँडीखेल आसपास र नारायणहिटी दरबार, ठमेलसम्मको सडकमा कालोपत्रे गराएका थिए ।

यिनै औजार र प्रविधिलाई समेटेर सडक विस्तार र सरकारी ठेक्कापट्टालाई संयोजन गर्न महेन्द्र सरकारले नै नेपाल कन्स्ट्रक्सन कम्पनी (एनसिसिएन) खोलेको थियो ।

आज हजारौं बिगाह जमिन र करोडौंका मेसिनहरु हुँदाहुँदै पनि कम्पनी सरकारले नै विगठन गरेको अवस्था छ । यसरी नेपालमा सडक पूर्वाधारको यात्रा सुरु भएको थियो ।

०००

पूर्वाधार विकासको इतिहास नै यति छोटो भएको नेपालमा आजका दिनसम्म पनि १४ अञ्चलका पचहत्तरै जिल्ला सदरमुकाममा सडक पुगिसकेको छैन ।

अझै पनि कर्णालीका ५ मध्ये ४ जिल्ला सदरमुकाम सडक सञ्जालबाट बाहिरै छन् । आजको गाउँका सडकहरुको कथा त झनै रोमाञ्चकारी छ ।

२०५१ सालमा तत्कालीन मनमोहन अधिकारीको ९ महिने सरकारले घोषणा गरेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने कार्यक्रमबाट नेपालका ग्रामीण सडकहरु विस्तार हुने मौका पाए ।

अधिकारी सरकारले भन्सारमा डोजरका लागि ‘शून्य भन्सार दर’ घोषणा गरेपछि भित्रिएका ‘कोमात्सु’का एक्जाभेटरहरुले नेपालका गाउँ गाउँमा धुले सडकहरु खन्न थालेपछि सडक विस्तारले गति लिन थाल्यो ।

जबकि, नेपालमा हाइड्रो पावर र सुरुङ मार्ग दक्षिण एसियामै ‘पहिलो’का रुपमा झन्डै १०७ वर्ष अगावै आरम्भ भइसकेको थियो । तर, आजका दिनमा नेपाल सुरुङ मार्ग र हाइड्रो विकासमा दक्षिण एसियामै पछि छ ।

ठेक्का मार्फत् हुने सरकारी कामका लागि इन्जिनियरिङ परामर्शको आवश्यकता पनि महसुस गरेको सरकारले पञ्चायती कालमै ‘नेपिकोन’ मार्फत् कन्सल्टिङ गर्ने गथ्र्याे ।

अनौठो संयोग भन्नुपर्छ, शर्मा र चौलागाईं, सकारात्मक सोच लिएर इआरएमसीमा जोडिए, जसको सफलताको कडी बनेका छन् यी दुई ‘भिजनरी भाइ’

निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउने सरकारी नीतिको अभाव र मोनोपोलीकै कारण यसको पनि पहिले नै ‘मृत्यु’ भइसकेको छ ।

तर, यतिबेला परामर्शदाता सेवामा नेपाल विद्युत् प्राधिकरणलाई अर्काे ‘मोनोपोली’ गर्ने बाटो खोलेर सरकारले पुरानै गल्ती दोहोर्याइरहेको निजी क्षेत्रको आरोप छ ।

परामर्शदाता कम्पनीहरुको इतिहासलाई यसरी हेरेपछि अब इआरएमसीहरु कस्तो भविष्य कोर्दै छन् भन्ने तर्फ लागौं ।

जतिबेला इआरएमसी होमियो ज्यानकै परवाह नगरी !

यस्तो अवस्थाको नेपालले ५० को दशकको सुरुतिरबाट पूर्वाधार विकासमा रफ्तार लिंदै थियो । तर, सशस्त्र द्वन्द्वका कारण सोही दशकको अन्त्यतिरबाटै सडक विस्तारमा अवरोध सिर्जना भयो ।

‘जतिबेला इआरएमसीले ग्रामीण सडक र ग्रामीण खानेपानीका कामहरु लिएर देशको पूर्व इलाम तेह्रथुमदेखि पश्चिम डडेलधुरा, दैलेख दार्चुलासम्म गाउँ गाउँमा होमिएको थियो’, इन्जिनियर समेत रहेका इआरएमसी डाइरेक्टर हेमनिधि शर्मा बताउँछन् ।

निर्माण सञ्चारसँग अन्तरंग गर्दै डाइरेक्टर शर्माले आफ्नो गौरवलाग्दो संघर्षको कथा सुनाउँदै गए ।

‘जतिबेला राज्यपक्ष र विद्रोही पक्ष दुबैबाट हामीलाई थ्रेट थियो । सरकार आफू जाननसकेको बेलामा ग्रामीण दूरदराजमा सरकारकै काम लिएर जाँदा हामी कयौं पटक शिकार पनि भयौं । तर पनि हरेश खाएनौं !’

इआरएमसीको कम्पनी प्रोफाइल अनुसार नेपालका हजारौं किलोमिटर ग्रामीण सडक निर्माणमा उसको योगदान सरकारले पुरस्कृत गर्नलायक छ ।

दुर्गम जिल्लाका ग्रामीण सडक र जनताको टोलटोलमा रहेका ‘कलधारा’हरु इआरएमसीकै मेहेनतका परिणाम थिए । हजारौं चुनौतीका बाबजुद इआरएमसीले यही कालखण्डमा आफ्नो प्रोफाइलमा ‘माइलस्टोन’ थप्ने काम गर्यो ।

‘यिनै दिनहरु कामयाब भए । हामी होमियौं ज्यानको परबाह गरेनौं । काममा गएका हाम्रा साथीहरु कयौं पटक हिरासतमा पुगे । तर पनि हाम्रो हिम्मत र मिहेनत रोकिएन । हाई रिस्क हाई अपरचुनिटी भनेजस्तै हामीले यसबाट अमूल्य शिक्षा पनि बटुलेका छौं, उचाइ पनि लिएका हौं,’ शर्मा दाबी गर्छन् ।

उनी गौरव गर्दै भन्छन्, ‘हामीलाई गर्व छ । जति बेला ‘सो–कल्ड’ ठूला कन्सल्टिङ कम्पनीहरु राजधानी काठमाडौं बाहिर जान डराउँथे । यस्तो समयमा हामीले आफूलाई हैन कि देशलाई माया गर्यौं । आजको इआरएमसी यसैको परिणाम हो भन्ने मलाई लाग्छ ।’

सुन चम्किन पनि कसीमा खरो उत्रनै पर्छ भन्ने उखान यहिँ नै चरितार्थ भएको उनको भनाइले पुष्टि गर्छ पनि ।

इआरएमसी आज हजारौं इन्जिनियरहरुलाई नयाँ नेपाल बनाउने जिम्मेवारी दिइरहेको वर्तमानले पनि उसको विगतको संघर्षलाई पुष्टि गर्दछ ।

आजको दिनसम्म आउँदा इआरएमसीले आफूलाई ६ क्षेत्र (यातायात पूर्वाधार, जल तथा ऊर्जा पूर्वाधार, खानेपानी, सरसफाइ तथा सहरी विकास पूर्वाधार, जलस्रोत, सिँचाइ तथा प्राकृतिक स्रोत व्यवस्थापन, मानव संशाधन व्यवस्थापन तथा क्षमता अभिवृद्धि र जिआइएस र नक्सांकन) मा परिभाषित गरिरहेको देखिन्छ ।

गौरवका आयोजनामा गतिको कडी !

यतिबेला राष्ट्रिय गौरवका कामहरुमा गौरवलाग्दो गति थपिएको छ । गतिशीलताका पछाडि इआरएमसीको संलग्नता भने अन्यको भन्दा फरक रहेको कामले नै पुष्टि गर्ने दाबी कम्पनीको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कालोपत्रे सुरु भएको छ भने पोखरा क्षेत्रीय विमानस्थलको कामको गति यतिबेला चर्चाकै चुलीमा छ । जहाँ उसको प्रत्यक्ष मोनिटरिङ रहेको छ ।

‘मुलुकले यतिबेला ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेको छ’, कम्पनीका मेनेजिङ डाइरेक्टर (एमडी) उद्धवराज चौलागाईं प्रश्न गर्छन्, ‘तर के कनेक्टिभिटी बिना मुलुक समृद्धिको सपना सम्भव छ ?’

हुन पनि सयौं वर्ष अघि ‘सिल्क रोड’को नाउँमा चर्चामा रहेको चिनियाँ विश्व जोड्ने सपना यतिबेला ‘वान बेल्ट वान रोड’का नाउँमा विश्वलाई नै चक्मा दिइरहेको छ ।

चीनको विकासको कडी नै कनेक्टिभिटी रहेको दाबी गर्छन् पूर्वाधारविद्का रुपमा समेत चिनिएका इन्जिनियर चौलागाईं ।

एमडी चौलागाईं नेपालका कन्सल्टिङ फर्महरुको संयुक्त संस्था स्केफलाई पनि नेतृत्व दिइरहेका छन् उपाध्यक्षको भूमिकामा ।

छिमेकी मुलुकहरुको दिन दुगुना रात चौगुना दरले भइरहेको विकासले यतिबेला नेपाललाई पनि मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेको उनको पनि बुझाइ छ ।

एसियाली मुलुकहरुको विकासे उचाइका पछाडि सडक र पूर्वाधारको विकास नै कडी रहेको भन्दै सिंगापुर र मलेसियाको विकासलाई यसको नमूना मान्नेहरु धेरै छन् ।

इन्जिनियर चौलागाईं थप्छन्, ‘यतिबेला चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अघि सारिरहेको छ भने भारतले आइएमटी अर्थात् भारत, म्यान्मार र थाइल्यान्ड कनेक्टिभिटी सुरु गरेको छ । छिमेकी देशले अघि बढाएका यी कदमहरुले नेपाललाई उच्च दबाब पनि भइरहेको छ भने यसले भावी दिनको उच्च विकासको सपनालाई पनि साकार पार्ने दिशामा हामी निजी क्षेत्रलाई पनि हौसला दिइरहेको म ठान्दछु ।’

हातमा सर्टिफिकेट तर मनमा सपना !

हरेक दिन हातमा सर्टिफिकेट लिएर सयौं जनशक्ति विदेश पलायन भइरहेका बेला सर्टिफिकेट लिएर मुलुकमै ‘केही’ गर्न खोज्नेले गर्न सक्छ भन्ने उदाहरण हो इआरएमसी ।

३२ वर्ष पुरानो कन्सल्टिङ फर्मको विरासतलाई लिएर अघि बढेको इआरएमसीको प्रतिफलमुखी यात्रा भने मात्र डेढ दशकको मात्रै हो ।

‘संस्था दर्ता गरेको प्रमाणपत्र मात्रै हातमा लिएर बसेका साथीहरुसँग आज भन्दा १७ वर्ष अगाडि हामीले लिएका थियौं । जसको इनिसिएसन हाम्रो एमडी उद्धवजीले गर्नु भएको थियो,’ डाइरेक्टर शर्माले भने ।

त्यतिबेला रामेछाप गुन्सी भदौरेजस्तो दुर्गम स्थानमा जन्मेको एक युवकका हातमा पुल्चोक इन्जिनियरिङ कलेजबाट एमई (मास्टर्ड इन इन्जिनियरिङ) गरेको सर्टिफिकेट मात्रै थियो, जतिबेला अब के गर्ने होला भनी काम खोज्न एक शैक्षिक युवा भौंतारिन्छ ।

‘म चाहिँ आफ्नै खुट्टामा उभिएर केही गर्नुपर्ला भन्ने सोच राखेर इन्जिनियरिङ फिल्डमै नयाँ जग शिलान्यास गर्नु पर्छ भन्नेमा थिएँ । त्यतिबेलै उहाँहरुको कम्पनी (सेथ) लाई हामीले खरिद गरेर यात्रा सुरु गरेका हौं,’ इन्जिनियर चौलागाईंले भने ।

अनौठो संयोग भन्नुपर्छ, शर्मा र चौलागाईं, सकारात्मक सोच लिएर इआरएमसीमा जोडिए, जसको सफलताको कडी बनेका छन् यी दुई ‘भिजनरी भाइ’ ।

‘इआरएमसी शैली’: आरम्भकै साथीहरुको आजसम्म नै साथ

हुन पनि कुनै पनि संस्था स्थापना हुन कसैको भिजन र सबैको संयुक्त प्रयास बेगर सपनालाई विपनामा बदल्न सम्भव हुँदैन ।

कुनै कम्पनी स्थापनाताका रहेका पुराना मित्रहरु लगभग २ दशकसम्म पनि त्यसकै सहयात्रीका रुपमा योगदान दिइरहन्छन् भने यसलाई के भन्ने ? यसबाट के सिक्ने ?

‘यो ‘इआरएमसी शैली’ हो’ भन्छन् इआरएमसीलाई निकटबाटै चिन्ने एक वरिष्ठ इन्जिनियर ।

‘सयभन्दा बढी सुरुआती चरणका दुःखका साथीहरु अहिले पनि हामीहरुसँगै फिल्डमै छन् । यही कारणले हामीलाई गर्व लाग्छ । सफलता भनेको अरु के हो र !’ एमडी चौलागाईंले थपे ।

‘एमई इन वाटर रिसोर्स तथा हाइड्रो पावर’ गरेका चौलागाईं कन्सल्टिङ कम्पनी पनि खोल्नु पर्छ भन्नेबारे पनि ज्ञान नरहेका बेला आफूहरुले कम्पनी खालेको घटनालाई अनौठो मान्दछन् ।

उनले भने, ‘जतिबेला घरदेखि समाजले पनि सरकारी जागिरका लागि दबाब दिइरहन्थ्यो, तर हामीहरु भने केही गर्नु पर्छ भन्नेमा थियौं । यही भावनाले यहाँ ल्याएको हो ।’ उस्तै बुझाइ र भोगाइ छ डाइरेक्टर शर्माको पनि ।

इमानदर परिश्रम नै सफलताको कडी

कन्सल्टिङ क्षेत्रमा लिडिङ भूमिकामा रहेको इआरएमसी नेपाल भन्दा बाहिर मुलुकमा पनि नेपाली झन्ड फहारउँदै काम गर्ने अन्तर्राष्ट्रिय हैसियतको परामर्शदाता कम्पनी हो । उसको यो व्यावसायिक सफलताको कडी मात्रै दुई चिजमा अडिएको छ । डाइरेक्टर शर्मा भन्छन्, ‘इमानदारिता र कडा परिश्रम ।’

समर्पितहरुले आफूलाई बदल्दै गर्दा मुलुक पनि बदल्न सक्छन् भन्ने सयौं उदाहरण मध्ये यो पनि एक हो । क्रान्तिले मुलुक बदलिन्छ भन्ने क्रान्तिको पुरानो अर्थ पनि इआरएमसीले बदलेको छ भन्न सकिन्छ ।

अब परामर्शका लागि परामर्शदाता खोज्ने दिन गए !

सरकार आफ्नो कामका लागि अहिले पनि विदेशी परामर्शदाता गुहार गरिरहेको छ । तर, हालै मात्र संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका हैसियतबाट पोखरा विमानस्थलको चालू प्रगति अनुगमन गर्न गएका नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले पनि ‘अब नेपालमा ठुल्ठूला प्रोजेक्टहरुका लागि विदेशी परामर्शदाता खोज्ने दिन गए’को प्रतिक्रिया दिएका थिए ।

अचम्म लाग्दो के छ भने सेनाले लिएको फास्ट ट्र्याक यतिबेला काम अघि बढिरहेको छ तर, डिपिआरबिनै । सरकारी कामको यो शैली जगहसाउने खालको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको हाइवे निर्माणको काम पनि डिपिआर बिनै अघि बढिरहँदा नेपालका परामर्शदाताहरुको सिर्जनात्मक हस्तक्षेप हुन नसकेको हो कि भन्ने पनि देखिन्छ ।

तर, त्यही सडक जोडिने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगड विमानस्थलको काम भने रुख र वातावरण समस्यामा अल्झिएको छ यतिबेला ।

पूर्वाधार परामर्शविद् चौलागाईं थप्छन्, ‘इआरएमसीले यस हकमा पनि आफ्नो धारणा दिन सक्छ, यदि सरकारले माग गर्छ भने । हाम्रो त कार्यक्षेत्र नै वातावरणीय तथा स्रोत संसाधन व्यवस्थापन हो नि । हामीले कयौं हाइड्रोमाथि वातावरणीय असरबारे पनि परामर्श दिएका छौं । हाइ–वेहरुको डिपिआर नै दिएका छौं । हामी यसमा अन्तर्राष्ट्रिय स्तरबाटै काम गर्न सक्षम पनि छौं ।’

इआरएमसीले निर्धारण गरेका ‘टास्क’ सेक्टरहरुमा प्लानिङ, सम्भाव्यता अध्ययन, सर्वेक्षण, डिजाइन, निरीक्षण र परामर्श तथा जनशक्ति व्यवस्थापन रहेको उनले जानकारी दिए ।

पोखरा विमानस्थलमा उसकै प्रत्यक्ष सुपरभिजनमा काम अघि बढिरहेको छ भने गौतमबुद्ध विमानस्थलमा पनि सिक्टा सिँचाइमा कन्स्ट्रक्सन सुपरभिजन गरेको इआरएमसी यतिबेला डिजाइनबाट संलग्न छ ।

भेरी बबई डाइभर्सनमा इआरएमसीले नै डिजाइन दिएको हो । मेलम्ची खानेपानी काठमाडौं उपत्यकाभित्रको सप्लाइ र ढल व्यवस्थापन पनि इआरएमसीकै संलग्नतामा काम भइरहेको चौलागाईंले जानकारी दिए ।

उनका अनुसार आजका दिनमा नेपालभरमा झन्डै ९० वटा परियोजनामा इआरएमसीको कुनै न कुनै रुपमा संलग्नता छ ।

पूर्वपश्चिम रेल–वे निर्माणबारे अध्ययन गर्न पनि इआरएमसी नै लिडिङ रोलमा उभिएको छ भने अन्तर्राष्ट्रिय स्तरमा ५ वटा परियोजनामा उसको एकल संलग्नता रहेको छ ।

उनका अनुसार ५ वर्ष अघि अरमेनियाबाट ज्वाइन्ट भेन्चरमा (विदेशीसँग मिलेर) पूर्वाधार विकासका लागि डिपिआर दिन सुरु गरेको इआरएमसीले भुटानदेखि युगान्डा र अफगानिस्तानमा समेत एकल गाइडलाइनमै परियोजनाहरु निर्माण गराइरहेको छ ।

अब परामर्शदाता खोज्न सरकारले विदेश धाउनु नपर्ने दिन आएकै हो भन्छन् इन्जिनियर चौलागाईं । उनले औंलामा गन्नलायक स्तरीय परामर्शदाता कम्पनीहरु नेपालमा जन्मिसकेको दाबी गरे ।

 

 

...

मंगलबार, २७ कात्तिक, ०७५
 

 

प्रतिक्रिया

Related