कर्णाली झल्काउने कचहरी

४० लाखमा बन्यो
निर्माण सञ्चार, कर्णाली प्रदेश । समग्र कर्णाली लगायत जुम्लाको पुरानो संस्कृति र रीतिरिवाज, चाल चलन प्रथा, अन्धविश्वास एक चलचित्रमा समेटिएको छ ।

जुम्लामा विद्यामान पुराना संस्कृति,कुरिती, लोपोन्मुख अवस्थामा रहेको खष भाषा, भेषभुसा, रहन सहन लगायत सयौ वर्ष पुरानो संस्कृती झल्काउने विषय एक चलचित्रमा कैद गरिएको छ ।

कर्णालीको विगत, वर्तमान र भविष्यलाईको प्रतिबिम्बका रुपमा कर्णालीकै युवाहरुले कचहरी नामक चलचित्र निर्माण गरेका छन् ।

जसले कर्णालीको हरेक प्रथा लाई प्रतिबिम्बका रुपमा देखाएको निर्देशक शक्ति परियाले बताए ।

एनका अनुसार अभावकै बीच बिना सहयोगको कर्णालीको सस्र्कती जोर्गेन ागर्नका लागि कचहरी चलचित्र निर्माण गरिएको हो ।

जुम्लामा अहिले पनि प्रचलनमा रहेको ‘कचहरी’ नामको चलचित्र यही २० माघमा प्रर्दशन गरिने भएको छ । कचहरी भन्ना बित्तिकै, कुनै पनि विषयमा छलफल र बहस गर्नु हो ।

निर्देशक परियाले थपे, कचहरी चलचित्रले कर्णालीका यर्थातका विषयमा छलफल गरेको छ । चलचित्रमा विशुद्ध खष भाषाको प्रयोग, रैथाने अन्नको खानपान, खेतीप्रणाली, रोजाई चोपाई गर्दाका चलन सबै देखाइएको छ ।

चलचित्रको निर्माण कार्य, ९० प्रतिशत सकिएको पावर मुभिज प्रोडक्सन प्रालिले जनाएको छ ।

२ घण्टाको चलचित्र कचहरी, यहाँका रहेक सम्भावनालाई विश्व बजारमा देखाउन जुम्लाकै सेरोफोरोमा छायांकन गरिएको छ ।

लागतः ४० करोड

करिब दुई घण्टाको चलचित्र कचहरी, ४० लाख बढी लागतमा निर्माण भएको निर्देशक शक्ति परियारले बताए ।

मुख्य भूमिकामा रहेका कलाकार ठेके र चैतुको वृतचित्रमा प्रस्तुत पारिवारिक जीवनशैलीले समग्र कर्णालीवासीकै जीवनशैलीलाई सम्बोधन गरेको उनको भनाइ छ ।

अभावकै बीच कसैको बिना सहयोग ४० लाखको लागतमा निर्माण गर्न निकै कठिन भएको उनले उल्लेख गरे । ऋण निकालेर चलचित्रलाई अन्तिम रुप दिएको पाइएको छ ।

कलाकारको खानखर्चका साथै, कर्णालीमा लोभ भएका विभिन्न सामाग्री खरिद गर्न बढि खर्च भएको छ ।

चलचित्रमा अभिनय गरेका ४० कलाकार सबैले हाल कर्णालीमा लोप भइसकेका बहुमूल्य परम्परागत पहिरन र कलाकारले प्रयोग गर्ने अन्य सबै परम्परागत सामग्री छन् ।

पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्तामोजा) ऊनीको सुरुवाल, ऊनीको बक्खु (दौरासुरुवाल) ऊनीको पाखा कोट, भाँउरोको गादो, ऊनीकै पुरानो नेपाली टोपीलगायतका सामग्री प्रयोग गरिएका छन् ।

संस्कृति जोगाउने नाममा करोडौ खर्च गर्ने हरुका बीचमा ऋण निकालेर भएपनि ४० लाख आफ्नै खर्चमा कर्णालीको प्रतिबिम्ब देखाउने साहास गरेका छन्

त्यस्तै, महिलाको पहिरनमा, ठेटुवाको गाउन, टुन्डेलाको फरिया, लहरे डौठो, फर्काबादको डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाकी, फुली, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँदीको डरको माला, छिपो आदि परम्परागत लोप भइसकेका गहनाको प्रयोग गरिएको छ ।

कुनै निकायले यहाँको सस्कृति जोर्गेना गर्नका लागि लगानी नगरेपनि ४० लाा आफ्नै खर्चमा कर्णालीको प्रतिबिम्ब देखाउने साहास गरेका छन् ।

माघ २० मा च्यारिटी शो

चलचित्रको छायांकनपछि निर्माण कार्य सम्पन्न भएकाले जुम्लामा करिब एक सातासम्म च्यारिटी सो हुने पावर मुभिज प्रोडक्सन प्रालिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

माघ २० गते बाट बाट जुम्लामा कचहरी चलचित्रको च्यारीटी शो हुने छ ।

चलचित्रको लगभग सबै काम सकिएको छ । फिल्म फेष्टीबल प्रतियोगितामा लिन खर्च अभाव भएकोले च्यारीटी शा देखाएर खर्च जुटाउने विकल्प गरेको बताइएको छ ।

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा एक साता शो देखाउने भएको छ ।

सयौ वर्ष पुरानो कला संस्कृतिको अवस्थालाई झल्काउनुका साथै पर्यटकीय सम्भावनाको प्रचारप्रसार हुने भएकाले सबैलाई अनिवार्य चलचित्र हेर्न आयोजकले आग्रह गरेको छ ।

जिल्लामा हुने च्यारिटी प्रदर्शनपछि देशविदेशसम्म चलचित्र रिलिज गर्ने तयारी भइरहेको छ ।

कर्णालीको खस भाषाशैलीमा छायांकन गरिएको चलचित्रले कर्णालीमा विद्यमान छाउपढी प्रथा, जारी प्रथा र हलिया प्रथालाई कथाको मुख्य विषयवस्तु बनाएको छ ।

चलचित्रमा खस भाषा सम्पादन हरिबाबु चौलागाईंसहित दुई जनाले गरेका छन् । चलचित्रको मुख्य भूमिकामा कलाकार गीता कटुवाल र कर्णालीका पहिलो नायक नवदत्त न्यौपाने छन् ।

चलचित्रको निर्देशन शक्ति परियारले कथा लेखन मदन नेपालीले गरेका हुन् ।

कर्णालीको प्रतिबिम्ब झल्काउने प्रयास गरेकोमा युवाहरु प्रति सबैले सराना समेत गरेका छन् । छायांकन भने सरोज शाहीले गरेका छन् ।

 

 

...

बिहीबार, २६ पुस, ०७५

 

प्रतिक्रिया

Related