बिशेष गरी महिनावारी र त्यसपछिको सरसफाई बारे जानकारी दिइएको उक्त दुई दिने कार्यक्रम जिल्ला स्वास्थ्य प्रमुख डा. सरोज अधिकारी र महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख हसिना पराजुली सुबेदीले अभिमुखीकरण प्रदान गरेका थिए ।
कार्यक्रमको पहिलो दिन ईगंलिस मिडियम बोर्डिङ्ग स्कलका ९ र १० कक्षाका २० किशोरी बिद्यार्थी सहभागीलाई महिनावारीे, यसको प्रकया, आवश्यक सरसफाईको जानकारी दिईएको थियो । उक्त अवसरमा उपस्थित किशोरीहरुलाई महिनावारीको समयमा प्रयोग गरिने प्याड र साबुन बितरण गरिएको थियो ।
त्यस्तै कार्यक्रमको दोस्रो दिन ‘महिनावारी स्वच्छताका लागीप्याड, चर्पी, साबुन पानी आबश्यक पर्छ सधै सुधार गरौ. प्रयोग गर्ने हाम्रो बानी’ भन्ने नारा सहित किर्डाक नेपाल मुग र कार्णाली नाट्य समुहले छाउपडी बिरुद्ध सडक नाटक प्रर्दशन गरिएको थियो ।
आधार परियोजना र सबैको लागीदिगो सरसफाई तथा स्वच्छता परियोजना रहेको उक्त नाटकमा महिनावारीका बेला छाउगोठमा बस्दाका जोखिम, त्यसबेला हुन सक्ने बलात्कार, संक्रमण जस्ता जोखिमको बारेमा सचेत पारिएको थियो ।
प्रतिक्रिया