नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी असरपर्ने ट्रम्पको निर्णय– पदभारको पहिलो निर्णयले नै तेस्रो मूलुकमाथि प्रहार

निर्माण सञ्चार, काठमाडौं|| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो निर्णयले यूएस एआईडीमार्फत खर्च हुने गरेको ३ अर्ब डलरको एकतिहाई रकम कटौती गरेका छन् ।

सुरक्षित गर्भपतन सेवामा खर्च हुदैं आएको उक्त खर्च कटौतीको मार नेपाल लगायत तेस्रो मुलकमा पर्ने बताइएको छ । स्वास्थ्य क्षेत्रमा विश्वकै ठूलो दातृ निकायमध्येको एक देश अमेरिकाको उक्त निर्णय गर्भपतनको विरोध गर्नु रिपब्लिकन पार्टीको घोषित नीति मानिएको छ ।

अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबिच गर्भपतनलाई गरिने खर्चबारे जुहारी चल्ने गरेको छ । सन् १९८५ बाट सुरु भएको यो कार्यक्रममाथि हरेक रिपब्लिकन राष्ट्रपतिले प्रतिवन्ध लगाउँदै आएका छन् ।

जर्ज डब्लू बुसले लगाएको यस्तै प्रतिवन्धलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा हटाएका थिए । ट्रम्पको उक्त निर्णयले नेपालमा प्रजनन श्वास्थ्यका क्षेत्रमा असर पर्ने देखिन्छ ।

 

......

मंगरबार, ११ माघ, ०७३

प्रतिक्रिया

Related