लाभग्राहीले स्थानीय तहको जिम्मामा ५ महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा गाउँपालिका र नगरपालिकाको सिफारिसमा नै तेस्रो किस्ता अवास अनुदान अग्रिम रुपमा पाउने भएका हुन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी अवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमाा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी गरेको प्रस्तावलाई अर्थ मन्त्राललयले स्वीकृति दिएको हो ।
प्राधिकरणका प्रवक्ता यमलाला भुसालका अनुसार प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यस प्रक्रिया अघि बढेको छ ।
प्राधिकरणले यस्तो प्रकारको व्यवस्थाले निजी आवास पुननिर्माणका लागि ठूलो सहयोग पुर्याउने विश्वास लिएको छ ।
भुसालले भेन,‘दोस्रो र तेस्रो किस्ता एकैपटक दिएपछि भूकम्पपीडितले घर बनाउन आँट गर्छन् ।’
उक्त व्यवस्थापछि पहलो किस्ता लिई घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्तावापतको डेढ लाख र तेस्रो किस्तावापतको एक लाख गरी एकैपटक अढाइ लाख पाउनेछन् ।
त्यस्तै, सोही व्यवस्थापछि निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाइसकेपछि एकमुष्ठ रकम प्राप्त गरी घर निर्माण सम्पन्न गर्न सक्ने भुसालले बताए ।
सरकारले भूकम्प पीडितलाई बन्दै गरेको घर नै धितोमा राखेर बैंकमार्फत् ३ लाख रुपैँया निब्यार्जी ऋण दिने निर्णय समेत गरिसकेको छ ।
....
बुधबार, २५ असोज ०७४
प्रतिक्रिया