जलविद्युत्मा सक्रिय नेपालको निजी क्षेत्र स्वतन्त्र विद्युत् उत्पादक संघ (इपान) को आयोजना रहेको यस प्रदर्शनीमा छिमेकी मुलुक चीन, भारत, बेलायत लगायत मुलुकका व्यवसायीहरु समेत सहभागी छन् ।
पूर्वाधार विकास र जलविद्युत् लगानीका दृष्टिले विश्वकै आकर्षक गन्तव्यस्थल बन्दै गएको नेपालमा स्वदेशी लगानीकर्तालाई सम्भावना देखाउने, विदेशी लगानी भित्र्याउने तथा युग अनुसारको हेभी उपकरणहरु चिनाउने उद्देश्यले प्रदर्शनी गरिएको आयोजक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।
नेपाल लगायत तेस्रो मुलुकबाट सहभागीहरुका पनि विभिन्न स्टल राखिएको सो प्रदर्शनीमा निर्माण सामग्रीदेखि जलविद्युत् आयोजना निर्माणक्रममा आवश्यक सुरक्षा सम्बन्धी औजारहरु समेत राखिएका छन् ।
हेभी औजारहरुमा कन्टिनेन्टलको कोमात्सु, अपोलोका मिक्स्चरहरु, रमन जनरलले ल्याएका नेपाल सुुहाउँदा ब्याक्हो लोडर, डोजर, मोटर बाइकहरु धेरैको आकर्षणको केन्द्र बन्न पुगेका छन् ।
शनिबार अर्थात् दोस्रो दिन जलविद्युत् क्षेत्रमा लगानी सम्बन्धमा विशेष सत्र सञ्चालन भयो ।
नेपालमा लगानीको सम्भावना, यसको महत्व र आवश्यकतामाथि यस क्षेत्रका विज्ञहरुबाट कार्यपत्र सहितको बहस जारी रह्यो ।
तस्वीरमा हेभी उपकरण तथा प्रदर्शनी
हेरौ यो पनि
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् हाइड्रो एक्स्पोको उद्घाटन
...
आइतबार, २३ पुस, ०७४
प्रतिक्रिया